देशभर मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

वर्षा र चट्याङका कारण सडक तथा हवाई यातायात, कृषि, पर्यटन, खेलकुदलगायत क्षेत्रहरू प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 

काठमाडौँ– पश्चिमी र स्थानीय वायुको प्रभावका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ।

सुदूरपश्चिम प्रदे‍शका केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो देशभर नै मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ।

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा हल्का र बाँकी प्रदेशमा क्षणिक वर्षा हुने महाशाखाको अनुमान छ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा राति पनि वर्षा हुने सम्भावना छ। 

वर्षा र चट्याङका कारण सडक तथा हवाई यातायात, कृषि, पर्यटन, खेलकुदलगायत क्षेत्रहरू प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।