दसैँ, तिहार र छठको बिदा सकिएसँगै सरकारी कार्यालय खुले पनि देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार सुनसान देखिन्छ।
काठमाडौं– दसैँ, तिहार र छठको बिदा सकिएसँगै सरकारी कार्यालय खुले पनि देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार सुनसान देखिन्छ। मन्त्रालयमा मन्त्री विरलै देखिए। कर्मचारीको संख्या पनि न्यून छ। सेवाग्राही पनि कमै देखिन्छन्।
चाडपर्व बिदा सकिएलगत्तै कामकारबाही कसरी भइरहेको छ भनी बुझ्न सिंहदरबार छिर्दा प्रायः मन्त्रालयहरू मन्त्रीविहीन देखिए। ऊर्जामन्त्री पम्फा भुसाल दसैँयता मन्त्रालय नआएको उनको सचिवालयका कर्मचारीको भनाइ छ। उनी निर्वाचनका लागि प्रचार-प्रसारमा व्यस्त छन्। भुसाल ललितपुर–३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छिन्।
परराष्ट्रमन्त्री डा. नारायण खड्कासहित सचिवालयका पदाधिकारी पनि अनुपस्थित थिए। मन्त्री खड्का स्वयं निर्वाचनको प्रचारप्रसारमा रहेकाले मन्त्रालयको काम खासै नभएको मन्त्रालयका एक कर्मचारीले बताए।

शहरी विकासमन्त्री मेटमणि चौधरी पनि तिहारपछि मन्त्रालय आएका छैनन्। मन्त्रालयका कर्मचारीका अनुसार मन्त्री चौधरी तिहारपछि निर्वाचन प्रचारप्रसारमै व्यस्त छन्। सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि तिहारपछि मन्त्रालयमा उपस्थित नभएको पाइयो। सञ्चारमन्त्रीको सचिवालयसमेत सुनसान देखियो। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी पनि उनैलाई दिएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पनि मन्त्रीविहीन छ। यो मन्त्रालय हाल प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हालिरहेका छन्। उक्त मन्त्रालय पनि सोमबार सुनसान थियो। यस्तै दृश्य कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पनि थियो। त्यहाँ पनि मन्त्री र कर्मचारी उपस्थित थिएनन्। खानेपानीमन्त्री उमाकान्त चौधरी पनि मन्त्रालयमा थिएनन्। उनको सचिवालय पनि खाली थियो।

श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयको सेरोफेरो पनि सुनसान नै थियो। मन्त्री शेरबहादुर कुँवर र उनको सचिवालय खाली थियो। मन्त्रालयका कर्मचारीले मन्त्री निर्वाचनपछि मात्र उपलब्ध हुने र सम्भवतः अर्कै मन्त्री हुने भन्दै व्यंग्य गर्दै थिए। यता, युवा तथा खेलकुद मन्त्रालय पनि सुनसान थियो। मन्त्री, कर्मचारी कोही थिएनन्। अर्थमन्त्री जनार्दन शर्मा भने कार्यकक्षमै भेटिए।








तस्वीर/भिडियो:गोविन्द खत्री र किसन पाण्डे
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
