जल तथा मौसम विज्ञान विभागले आगामी मनसुनी सिजनको हावापानीको पूर्वानुमान सार्वजनिक गर्दै सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत औँल्याएको छ।
काठमाडौँ– आउँदो मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने आकलन गरिएको छ।
जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनको वर्षा तथा तापक्रमको पूर्वानुमान सार्वजनिक गर्दै सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत औँल्याएको छ।
जेठ १८ गतेदेखि असोज १३ सम्म ४ महिनाको मनसुनी सिजनको हावापानी आकलन सार्वजनिक गर्दै विभागले उक्त अनुमान गरेको हो। यद्यपि, सरदरभन्दा कम वर्षा हुने सम्भावना स्थान विशेषअनुसार फरक रहेको छ।
कर्णाली प्रदेशका अधिकांश भूभाग, गण्डकी प्रदेशका धेरैजसो भूभाग, सुदूरपश्चिम प्रदेशका मध्य तथा उत्तरका थोरै भूभाग, लुम्बिनी प्रदेशका पश्चिमी तथा मध्य भूभाग कोशी प्रदेशका दक्षिणी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ।
सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, कैलाली, बझाङ, बैतडी लगायतका भू भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले सार्वजनिक गरेको रिपोर्टमा औँल्याइएको छ।
त्यसैगरी, तापक्रम सरदरभन्दा बढी हुने पूर्वानुमान गरिएको छ। सुदूरपश्चिम प्रदेशका पूर्वी तथा दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका पश्चिमी, उत्तरी तथा पूर्वी भूभाग, गण्डकी र मधेश प्रदेशमा अधिकतम तापक्रम सरदरभन्दा वृद्धि हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ।
विभागले यस्तो पूर्वानुमान विश्व मौसम संगठनको विश्वभर तथा क्षेत्रीयस्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरूको हावापानी प्रारूपहरूको आकलन, जल तथा मौसम विज्ञान विभागको हावापानी आकलन गर्ने आफ्नै प्रविधि तथा दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चको आकलनको आधारमा तयार गर्ने गर्छ।
आगामी मनसुन सिजनमा हिन्द महासागरमा एलिनोको अवस्था विकसित हुने र त्यसको प्रभावका कारण वर्षा कम हुने आकलन गरिएको जनाइएको छ।
त्यसैगरी, जेनेभामा कार्यालय रहेको मौसमसम्बन्धी राष्ट्रसंघीय निकाय विश्व मौसम संगठनले पनि बिहीबार रिपोर्ट सार्वजनिक गर्दै यस वर्षको ३ महिना विश्वका धेरै ठाउँ सुख्खा हुने र गर्मी बढ्ने चेतावनी दिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
