मिटरब्याज पीडितले आफ्ना माग पूरा नहुञ्जेलसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।
काठमाडौँ– तराईका विभिन्न जिल्लाबाट काठमाडौँ आई आन्दोलनमा उत्रिएका मिटरब्याज पीडितहरूले धर्ना कार्यक्रम जारी राखेका छन्। काठमाडौँको शान्तिवाटिकामा उनीहरूले धर्ना जारी राखेका हुन्।
तराईका नवलपरासी, महोत्तरी, सर्लाही लगायतका जिल्लाबाट दोस्रो चरणमा समूहमा आएका उनीहरूले सरकारलाई दबाब दिन धर्नालाई निरन्तरता दिएका छन्। उनीहरूले आफ्ना माग पूरा नहुञ्जेलसम्म आन्दोलन जारी राख्ने चेतावनीसमेत दिएका छन्।
सञ्चारकर्मीहरूसँग कुरा गर्दै एक मिटरब्याज पीडितले राजनीतिक रूपमा दृष्टिबन्धक, तमसुक, छिनुवा र चेक बाउन्स अवैध घोषणा हुनुपर्ने बताए। उनले सरकारले यी सबै कुराको क्षतिपूर्ति बेहोर्नुपर्ने बताए।
अहिले सबैभन्दा ठूलो समस्या मुद्दा परिरहेकाले मुद्दा स्थगित हुनुपर्ने र मुद्दा छिनोफानो भइसकेको भए पुनरावेदन हुनुपर्ने, पक्राउ पुर्जी रोक्नुपर्ने माग आफूहरूको रहेको बताए। उनीहरूले जेलमा भएका पीडितहरूलाई ससम्मान रिहा गर्नुपर्ने बताए।
साहुकारले आफूले थोरै रकम लिए पनि विभिन्न बहानामा ब्याज रकम बढाइ घर खेतसमेत हडपेर उठिबास लगाएको उनीहरूको आरोप छ। उनीहरूले आफ्ना माग सम्बोधन गर्नुपर्ने भन्दै विभिन्न चरणमा आन्दोलन गर्दै आएका छन्। सरकारले पनि मिटरब्याज पीडितको समस्या समाधान गर्ने भन्दै आयोग बनाएको छ। त्यस्तै, उनीहरूको समस्या कानूनी रूपमा समाधान गर्न अध्यादेशसमेत जारी गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
