आतंकवादीको खोजीमा भारतीय सेनाले पछिल्लो ७२ घण्टामा ४ वटा ‘इन्काउन्टर’ अप्रेसन चलाएको बताइएको छ।
भारतको जम्मु–कश्मीरको राजौरीमा सुरक्षाकर्मी र आतंकवादीबीचको मुठभेडमा दुई भारतीय सैनिकको मृत्यु भएको छ। एक अधिकारीसहित ४ जना घाइते भएका छन्।
बिहान साढे सात बजेतिर शुरू भएको सेनाको आतंकवादीविरोधी कारबाही ९ घण्टासम्म चलेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आतंकवादीका केही समूहलाई सेनाले घेरेर राखेको अवस्थामा विस्फोट भएको बताइएको छ।
मे ३ मा भएको सर्चिङ अपरेसनका क्रममा आतंकवादीहरू राजौरीको काँडी वनमा लुकेको सूचना प्राप्त भएको र शुक्रबार बिहान साढे सात बजे दुई पक्षबीच फायरिङ शुरू भएको बताइएको छ।
दुई पक्षबीचको लडाइँपछि त्यस स्थानमा इन्टरनेट सेवा बन्द गरिएको छ। साथै, भिडन्तमा मर्नेको संख्यासमेत बढ्ने अनुमान गरिएको छ।
आतंकवादीको खोजीमा भारतीय सेनाले पछिल्लो ७२ घण्टामा ४ वटा ‘इन्काउन्टर’ अप्रेसन चलाएको बताइएको छ। राजौरी, अनन्तनाग, बारामूला र माछिलमा अपरेसन चलाइएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
