बागमती कोरिडोर सरसफाइका लागि धेरै तहमा छलफल भए पनि विष्णुमती कोरिडोरको विकासका बारेमा छलफल हुन नसकेको खनालको भनाइ छ।
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवम् पूर्वमन्त्री शिशिर खनालले राजनीतिक विचारभन्दा माथि उठेर मुलुकको विकासमा लाग्नुपर्ने बताएका छन्।
जनकल्याण सामाजिक केन्द्र र सिद्धेश्वर कोरिडोर समितिले काठमाडौँमा आयोजना गरेको अन्तरक्रियामा उनले विकासमा राजनीति नगर्न नहुने बताएका हुन्। “राजनीतिलाई फरक ढंगले अगाडि बढाउनुपर्छ। अर्को पार्टीलाई निषेध गर्ने परिपाटीको अन्त्य गर्नुपर्छ,” उनले भने, “राजनीतिक विचारभन्दा माथि उठेर देश विकासमा हातेमालो गरौँ।”
बागमती कोरिडोर सरसफाइका लागि धेरै तहमा छलफल भए पनि विष्णुमती कोरिडोरको विकासका बारेमा छलफल हुन नसकेको खनालको भनाइ थियो। संसारको प्रदूषित सहरमध्ये काठमाडौँसमेत भएकाले यसलाई वातावरणमैत्री बनाउन प्रत्येक व्यक्तिको भूमिका महत्त्वपूर्ण रहेको उनले बताए। खनालले संघ र प्रदेश सरकार कानुन बनाउन व्यस्त हुने भएकाले स्थानीय सरकारले स्थानीय क्षेत्रको विकासका लागि विशेष चासो दिनुपर्ने बताए।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य हरिप्रभा खड्गी श्रेष्ठले वातावरणमैत्री शहरका व्यक्ति र घरपरिवारबाट चेतना आउनुपर्ने बताइन्। वृक्षारोपण गर्दा मानव जीवनलाई प्रत्यक्ष फाइदा पुग्ने रूखबिरुवा रोप्नुपर्ने उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
