नेपाललाई खेलकुदको अन्तर्राष्ट्रिय हब बनाउन खिमलाल देवकोटाको माग

नेपालले क्रिकेटमा उत्कृष्ट खेल प्रदर्शन गरेको कुरालाई मध्यनजर गरी त्यही अनुसार खेल पूर्वाधार विकास गर्न देवकोटाको माग छ।  

काठमाडौँ– राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले नेपालको इज्जत र सम्मान बढाउने क्रिकेट खेलाडीलाई उचित सम्मान र पुरस्कार प्रदान गर्न आग्रह गरेका छन्।

नेपालले क्रिकेटमा उत्कृष्ट खेल प्रदर्शन गरेको कुरालाई मध्यनजर गरी त्यही अनुसार खेल पूर्वाधार विकास गर्न उनको माग छ। मंगलबार राष्ट्रियसभा बैठकमा बेल्दै देवकोटाले नेपालको इज्जत र सम्मानलाई उँचो बनाउने खोलाडीलाई सरकारले झारो टार्ने काम मात्र गर्न नहुने बताए।

“यसका साथै भारत र पाकिस्तानलगायत देशबीचको टकराबको फाइदा नेपालले लिनसक्ने गरी खेल पूर्वाधारमा नेपालमा लगानी बढाइ नेपाललाई खेलको अन्तर्राष्ट्रिय हबका रूपमा विकास गरियोस्,” उनले भने, “भारत र पाकिस्तानबीचको खेल नेपालमा खेलाउन सक्छौँ भन्ने प्रतिबद्धतासाथ सरकार अघि बढोस्।”

राष्ट्रको लागि योगदान दिएको नाममा हचुवामा पुरस्कृत र सम्मान गर्ने चलनको अन्त्य गर्न देवकोटाले माग गरे।