बीबीएलमा घटाइयो १६ खेल

अब बीबीएलमा ५६ खेलको सट्टा जम्मा ४० खेल हुने छन्। योसँगै अब प्रत्येक टोलीले १० खेल मात्र खेल्ने छन्।

काठमाडौँ– क्रिकेट अस्ट्रेलियाले बिग बास (बीबीएल) क्रिकेट लिगलाई छोट्याउने निर्णय गरेको छ। 

अब बीबीएलमा ५६ खेलको सट्टा जम्मा ४० खेल हुने छन्। योसँगै अब प्रत्येक टोलीले १० खेल मात्र खेल्ने छन्। यो नयाँ प्रावधान यस सिजनबाट लागू हुने छ।

प्रसारणकर्ताहरूसँगको सम्झौतापछि लिगका खेलहरू घटाइएको हो। योसँगै फाइनलको चरण पनि छोटो बनाइने छ। 

अंक तालिकाको शीर्ष पाँचमा रहने टोलीको सट्टा अब चार टोली मात्र अन्तिम चरणमा प्रवेश गर्नेछन्। तर, यसको रूपरेखा अझै तय भएको छैन। बीबीएलका लागि मिति घोषणा गर्न पनि बाँकी छ।