डब्लुएचओको अग्रसरतामा हुने उच्च रक्तचाप नियन्त्रण अभियान निरन्तरताको जिम्मेवारी प्रत्येक स्थानीय तहले लिनुपर्ने बताइएको छ।
काभ्रेपलान्चोक– सरकारले विश्व उच्च रक्तचाप दिवसको राष्ट्रिय कार्यक्रम काभ्रेबाट शुरू गर्ने भएको छ। राष्ट्रियस्तरको उक्त कार्यक्रम बुधबार धुलिखेल अस्पतालबाट शुरू गरिने स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को अग्रसरतामा हुने अभियानको निरन्तरताको जिम्मेवारी प्रत्येक स्थानीय तहले लिनुपर्ने बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्काले बताए। “डब्लुएचओले यहाँबाट अभियान शुरू गर्नेछ, यसलाई निरन्तरता दिने जिम्मेवारी सबै जिल्लाका स्थानीय तहको हुनेछ,” उनले भने।
स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोत्तम सेढाईंले जिल्लाका ३० हजारभन्दा बढी नागरिकमा ‘हाइपर टेन्सन’ समस्या रहेको जानकारी दिए। उनका अनुसार हाल जिल्लामा १८ वर्षमाथिका ५१ हजार २८१ जनामा उच्च रक्तचापको समस्या छ।
उच्च रक्तचाप नियन्त्रण अभियान सञ्चालन गर्न आवश्यक औषधिको व्यवस्था गरिसकिएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रामेश्वर श्रेष्ठले बताए।
“अवस्था हेरी तीन प्रकारका औषधि निःशुल्क वितरण हुने छ, औषधि वा खानपानमा ध्यान दिई रक्तचाप जीवनभर सन्तुलित राख्नुपर्छ,” श्रेष्ठले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
