जिम्बाबेमा आगामी महिना हुने आईसीसी वर्ल्ड कप छनोट खेलका लागि क्यानले रोहितकुमार पौडेलको कप्तानीमा २२ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ।
काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी क्रिकेट वर्ल्ड कप छनोटका लागि प्रारम्भिक खेलाडीको सूची सार्वजनिक गरेको छ। जिम्बाबेमा आगामी महिना हुने छनोट खेलका लागि क्यानले सोमबार रोहितकुमार पौडेलको कप्तानीमा २२ सदस्यीय टोलीको घोषणा गरेको हो।
टोलीमा कप्तान रोहितसहित कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आशिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने रहेका छन्। त्यस्तै, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, अर्जुन साउद, सन्दीप जोरा, देव खनाल, किशोर महतो, सूर्य तामाङ, कमलसिंह ऐरी, श्याम (मौसम) ढकाल र अविनाश बोहरा रहेका छन्।
गत फागुन–चैतमा आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अन्तिम तीन वटा श्रृंखलामा प्रभावशाली प्रदर्शन गरेर नेपालले एकदिवसीय मान्यता जोगाउँदै जिम्बाबेमा हुने विश्वकप छनोटमा पनि स्थान पक्का गरेको थियो। चार टेस्ट राष्ट्रसहित १० टिमको सहभागिता हुने विश्वकप छनोट जिम्बाबेमा आगामी जुन १८ देखि शुरू हुँदै छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
