नेपालले असार ३ गते घरेलु टोली जिम्बावेसँग खेल्दै प्रतियोगिताको शुरूआत गर्ने छ।
काठमाडौँ– नेपाल आईसीसी एक दिवसीय विश्वकप क्रिकेट छनोटमा टेस्ट राष्ट्र वेस्ट इन्डिज र जिम्बावे रहेकै समूहमा परेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले मंगलबार सार्वजनिक गरेको समूह विभाजनमा नेपाल रहेको समूह ए मा वेस्ट इन्डिज, जिम्बावेसँगै नेदरल्यान्ड्स र अमेरिका रहेका छन्।
छनोट प्रतियोगिता आगामी जुन र जुलाईमा जिम्बावेमा हुँदैछ। नेपालले जिम्बावेसँग पहिलो खेल असार ३ गते हरारेमा खेल्ने छ।
यस्तै, दोस्रो खेल यूएईसँग असार ५ गते ताकासिंगामा खेल्ने छ। त्यसपछि वेस्ट इन्डिजसँग हरारेमा असार ७ गते र नेदरल्यान्ड्ससँग असार ९ गते ताकासिंगामा अन्तिम खेल खेल्ने छ।
समूह बीमा भने श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र यूएई छन्। लिग चरणको खेलपछि दुवै समूहका शीर्ष तीन टोली 'सुपर सिक्स'मा प्रवेश गर्नेछन्।
सुपर सिक्सका टोलीले एक अर्काविरुद्ध खेल्ने छन्। त्यसपछि शीर्ष दुई टोली छनोट प्रतियोगिताको फाइनलमा पुग्ने छन्। ती दुई टोली आउँदो वर्ष भारतमा हुने एक दिवसीय विश्वकपमा छनोट हुने छन्।
नेपालले विश्वकप छनोट अगाडी दुई 'वामअर्प म्याच' खेल्ने छ। जेठ ३० गते यूएईसँग र ३२ गते ओमानसँग वामअर्प म्याच खेल्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
