पब्लिकेशन नेपालयबाट प्रकाशित पुस्तकमा ११८ वटा लघुकथा समेटिएका छन्। १५० पृष्ठको पुस्तकको मूल्य ३५५ रुपैयाँ छ।
काठमाडौँ– लेखनका विविध विधामा कलम चलाउँदै आएका गायक हिरण्य ‘भोजपुरे’को लघुकथा संग्रह बजारमा आएको छ।
पब्लिकेशन नेपालयबाट प्रकाशित पुस्तकमा ११८ वटा लघुकथा समेटिएका छन्। १५० पृष्ठको पुस्तकको मूल्य ३५५ रुपैयाँ छ। भोजपुरेले यो पुस्तक छ वर्षयता सिर्जना गरेका हुन्।
“अधिकांश कथा कोरोना महामारीको समय सदुपयोग गर्दै लेखेको हुँ,” भोजपुरे भन्छन्, “त्यो कालखण्डमा म छोरीज्वाईं, छोराबुहारी र नातिनातिना अमेरिकातिर रहेकाले, प्रवासमा रहँदाका नेपाली भोगाइ पनि यी कथामा समेटिन पुगेका छन्।”
‘मुसुक्क म’ लाई नेपालयले भौतिक पुस्तक, ईबुक र लेखककै वाचनमा ‘अडियो बुक’का रूपमा बजारमा ल्याएको नेपालयकी प्रमुख कार्यकारी सैजन मास्केले बताइन्। ईबुक र अडियो बुक 'थुप्रै डटकम'बाट किन्न सकिन्छ। मास्केका अनुसार यो पुस्तक अमेजनबाट संसारभरिका पाठकले खरिद गर्न सक्नेछन्।
भोजपुरेको सिर्जनशीलता २०२२ सालमा ‘छहराको गीत’बाट शुरू भएको थियो। भोजपुरेले कालान्तरमा कविता, कथा, उपन्यास र बाल साहित्यजस्ता विविध विधामा थुप्रै पुस्तक दिइसकेका छन्। यसपटक भने उनी लघुकथाकारका रूपमा पाठकमाझ उपस्थित भएका हुन्।
‘बाइरोडको बाटोमा धुलो उडाउँदै’ का यी सर्जक आफू वरपरको परिवेशलाई सरल र रोचक शैलीमा वर्णन गर्न सिपालु छन्।
उमेरको उत्तरार्धमा पनि साथीसंगतबीच रमाइलो गरिरहनुपर्ने स्वभावका भोजपुरेले आफ्नो त्यही गुण झल्कने गरी स–साना भोगाइबाट निस्कने भावलाई लघुकथामा अभिव्यक्त गरेका छन्।
आख्यान भइकन पनि पढिरहँदा कतिपय भोगाइ उनका आफ्नै हुन् भनेर बुझ्न पनि सकिन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
