काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा

बागमती, कोशी र गण्डकी प्रदेशमा दिउँसो १ बजेदेखि मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौँ– पश्चिमी वायुको प्रभावले काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ।

बागमती, कोशी र गण्डकी प्रदेशमा दिउँसो १ बजेदेखि मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यी प्रदेशमा प्रि–मनसुनसँगै पश्चिमी र स्थानीय वायुको प्रभाव परेको महाशाखाको भनाइ छ। मौसमी प्रणाली बिस्तारै देशको पूर्वी भेगतर्फ सरिरहेकाले पूर्वी–उत्तरी क्षेत्रमा बढी वर्षा हुनेछ।

यस्तै, अपराह्नपछि तराईमा तीव्र गतिमा हावाहुरी चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।