जसपा प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त

जसपा संसदीय दलका नेता उपेन्द्र यादवले शुक्रबार प्रमुख सचेतकमा प्रदीप यादवलाई नियुक्त गरेका हुन्।

काठमाडौँ- जनता समाजवादी पार्टी नेपालको प्रमुख सचेतकमा सांसद प्रदीप यादव नियुक्त भएका छन्। 

जसपा संसदीय दलका नेता उपेन्द्र यादवले शुक्रबार प्रमुख सचेतक नियुक्त गरेका हुन्। जसपाको संसदीय दलको विधान, २०७८ को धारा १३ (१) अनुसार उनी प्रमुख सचेतक नियुक्त भएका हुन्।

यादव पर्सा १ बाट निर्वाचित भएका हुन्। जसपाले उनलाई प्रमुख सचेतकमा नियुक्त गरिएको पत्र संसद सचिवालयका महासचिवलाई पठाएको छ।