दक्षिण अफ्रिकामाथिको जितसँगै पाकिस्तानको सेमिफाइनल खेल्ने सम्भावना कायमै रहेको छ।
काठमाडौं– पाकिस्तानले आईसीसी टी–२० विश्वकपमा दक्षिण अफ्रिकामाथि सानदार जित निकालेको छ। बिहीबार सम्पन्न खेलमा पाकिस्तानले डकवर्थ लेविस पद्धतिको आधारमा ३३ रनको जित निकालेको हो। दक्षिण अफ्रिकामाथिको जितसँगै पाकिस्तानको सेमिफाइनल खेल्ने सम्भावना कायमै रहेको छ।
जितका लागि १८६ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ९ ओभरमा ६९–४ को अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो। वर्षाको कारण खेल रोकिँदा डकवर्थ लेविस पद्धतिको आधारमा दक्षिण अफ्रिकाले १४ ओभरमा १४२ रनको नयाँ लक्ष्य पाएको थियो।
तर, जितका लागि १४२ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित १४ ओभरमा ९ विकेट गुमाउँदै १०८ रन मात्रै बनाउन सक्यो। दक्षिण अफ्रिकाका कप्तान टेम्बा बभुमाले सर्वाधिक ३६ रन बनाए। उनले १९ बलमा ४ चौका र १ छक्का प्रहार गरे।
यता, एडेन माक्ररमले १४ बलमा ४ चौकासहित २० रन बनाए। ट्रिस्टन स्टब्स १८ र हेनरिक क्लासेन १५ रनमा आउट भए।
पाकिस्तानका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले ३ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए। शादब खानले २ विकेट लिए। यता, मोहम्मद वासिम जुनियर, नसिम शाह र हरिश राउफको नाममा १/१ विकेट रह्यो।
त्यसअघि सिड्नी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८५ रन बनायो। पाकिस्तानका शादब खानले २२ बलमा ३ चौका र ४ छक्कासहित ५२ रनको विष्फोटक इनिङ्स खेले। उनले २० बलमा अर्धशतक प्रहार गरेका थिए।
इफ्तिखार अहमदले ३५ बलमा ३ चौका र २ छक्कासहित ५१ रनमा आउट भए। छैटौं विकेटका लागि शादब र इफ्तिखारले ३६ बलमा ८२ रनको उत्कृष्ट साझेदारी गरेका थिए।
पहिलो विश्वकप खेल खेलेका युवा ब्याटर मोहम्मद हरिसले २८ रन बनाए। मोहम्मद नवाजले २८ रनको योगदान दिए।
दक्षिण अफ्रिकाका एनरिच नोर्कियाले ४ ओभरमा ४१ रन खर्चेर ४ विकेट लिए। वेन पार्नेल, कागिसो रबाडा, लुन्गी एनगिडी र तबरेज शाम्सीले १/१ विकेट लिए।
पाकिस्तानले अन्तिम खेल अब आइतबार बंगलादेशसँग खेल्नेछ। पाकिस्तान सेमिफाइनलमा प्रवेश गर्न उक्त खेलमा फराकिलो अन्तरले विजयी हुनुपर्छ।
भारतले आइतबार जिम्बावेसँग खेल्नेछ। दक्षिण अफ्रिकाले नेदरल्यान्ड्ससँग खेल्नेछ। भारत र दक्षिण अफ्रिकामध्ये एक टोली पराजित भए पाकिस्तान सेमिफाइनलमा पुग्ने छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
