भारतको पूर्वी राज्य उडिशाको बालासोरनजिकै भएको दुर्घटनामा २७५ यात्रीको मृत्यु हुनुका साथै सयौँ घाइते भएका छन्।
शुक्रबार राति २७५ यात्रीको ज्यान जानेगरी भएको रेल दुर्घटनापछि भारतको उडिशा राज्यको बालासोरबाट सोमबारदेखि यात्रु र मालवाहक रेलहरू पुनः सेवामा फर्किएको अधिकारीहरूले बताएका छन्।
अधिकारीहरूले भारतमा दशकौँपछि भएको घातक रेल दुर्घटना सिग्नल प्रणालीसँग जोडिएको समस्याका कारण भएको बताएका छन्। भारतको पूर्वी राज्य उडिशाको बालासोरनजिकै भएको दुर्घटनामा २७५ यात्रीको मृत्यु हुनुका साथै सयौँ घाइते भएका छन्।
अधिकारीहरूले शुरूमा मृत्यु हुनेको संख्या २८८ रहेको बताएका थिए, तर उडिशा राज्य सरकारले केही शवहरू गलत तरिकाले दुई पटक गणना गरिएको भन्दै मृतकको संशोधित संख्या २७५ भएको पुष्टि गरेको छ।
एक हजार १७५ घाइतेमध्ये अधिकांश उपचारपछि घर फर्किसकेका छन् भने ३८२ जनाको अस्पतालमा उपचार भइरहेको अधिकारीहरूले जानकारी दिएका छन्। यद्यपि, घाइतेमध्ये केहीको अवस्था अझै पनि गम्भीर रहेको भन्दै मृतकको संख्या बढ्न सक्ने स्वास्थ्यकर्मीको भनाइ छ।
रेल मन्त्रालयले रेल दुर्घटना भएको ५१ घण्टापछि कोइला लोड गरिएको मालवाहक रेल लिकमा गुडेसँगै सेवा पुनः सञ्चालनमा आएको हो। यद्यपि, सबै लिकहरू पूर्ण रूपमा मर्मत गरिएको छ कि छैन भन्नेबारे तत्काल स्पष्ट भएको छैन। सोमबार रेलहरूले एउटा छेउको लाइनहरू मात्र प्रयोग गरेको देखिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
