विजु सुवेदीको ‘शान्ति सम्झौता’ प्रकाशित

साहित्यकार विजु सुवेदी ‘विजय’को कथासंग्रह शान्ति सम्झौता प्रकाशित भएको छ।

काठमाडौँ– साहित्यकार विजु सुवेदी ‘विजय’को कथासंग्रह शान्ति सम्झौता प्रकाशित भएको छ। दर्जनभन्दा बढी कृतिका लेखक सुवेदीको कथासंग्रह रत्न पुस्तक भण्डारमार्फत बजारमा आएको हो।

पुस्तकमा नयाँ राम, मोती र हीरा, शहीद शहिद, विजय र शपथ, लुब्धाजा तथा साधु, अचानो, एक चिया बीसको नोट, सोझो जिन्दगी, एक्लो ऊ, तीन भेट, सत्यको जिगमिषा, भुरुङ, बुद्ध र कथा, शान्ति सम्झौता, शून्य र शहीद गरी १५ कथा समावेश छन्। २०५ पृष्ठको पुस्तकमा लेखकले मानव जीवनशैलीदेखि राजनीतिक क्रान्तिसमेतका विषयवस्तु प्रस्तुत गरेका छन्।

स्वतन्त्र पत्रकारितामा व्यस्त लेखक सुवेदीले यसअघि चन्दाको सिद्धान्त खण्डकाव्य, लाओत्सेको ३४औँ प्रवचन, अकम्प चैतन्य नै ध्यान, तन्त्रसूत्र, बाह्य संसारको रहस्य, गान्धिजीका उक्तिहरू, शिव वन्दना, अशान्तिबाट शान्ति, शान्तिबाट क्रान्ति, सत्य संघर्षका कथाहरू र सत्य पौराणिक कथाहरू जस्ता पुस्तक प्रकाशित छन्।