समूह ‘ए’ मा रहेको एपीएफ र गण्डकी दुवैले ३ खेलमा २ जित र १ टाइसहित ५/५ अंक जोडेका छन्।
काठमाडौं– प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत गण्डकी प्रदेश र नेपाल एपीएफ क्लबबीचको खेल 'टाई' भएको छ। स्पिनर मौसम ढकालले गण्डकीलाई जितका लागि १ रन आवश्यक परेको अवस्थामा अन्तिम विकेटका रूपमा कमल परियारलाई बोल्ड गरेपछि खेल टाई भएको हो।
एपीएफले प्रस्तुत गरेको ११६ रनको लक्ष्य पछ्याउने क्रममा गण्डकीले पनि ३१ ओभरमा ११५ रन मात्र जोड्न सक्यो। गण्डकीका लागि अभिषेक बस्नेत २४, अर्जुन कुमाल १८ र कप्तान विपीन खत्री १७ रनमा आएट भए। अन्तिम विकेटको रूपमा बोल्ड भएका कमलले २५ बलमा १ चौकासहित ११ रन जोडे।
एपीएफका स्पिनर मौसम ढकाल र तीव्र गतिका बलर किशोर महतोले ४/४ विकेट लिए। स्पिनर भुवन कार्कीले पनि २ विकेट हात पारे।
त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको एपीएफ ३५.१ ओभरमा ११५ रनमा अलआउट भएको थियो। खेल ढिलो शुरु हुँदा ४३ ओभरमा घटाइएको थियो। एपीएफका लागि भुवन कार्की ५३ बलमा १ चौका र १ छक्कासहित सर्वाधिक २४ रनमा अविजित रहे।
पुरन विक २३, लोकेश बम २२ र सन्दीप जोरा २२ रनमा आउट भए। गण्डकीको लागि अर्जुन कुमाल र अमृत गुरुङले ३/३ विकेट लिए। सुवास भण्डारीले २ विकेट लिए। विपीन खत्री र चन्द्रकान्त पौडेलको नाममा १/१ विकेट रह्यो।
यस नतिजासँगै प्रधानमन्त्री कपको सेमिफाइनल समीकरणमा पनि ठूलो प्रभाव पर्ने देखिन्छ। समूह ‘ए’ मा रहेको एपीएफ र गण्डकी दुवैले ३ खेलमा २ जित र १ टाइसहित ५/५ अंक जोडेका छन्। आर्मीले २ खेलमा १ जित र १ हारसँगै २ अंक जोडेको छ। आर्मीले शुक्रबार नै सुदूरपश्चिमलाई १६९ रनको फराकिलो अन्तरले हराएको थियो। लगातार तेस्रो हार बेहोरेको सुदूरपश्चिम समूह चरणबाट बाहिरिएको छ। कर्णालीले पनि जित हासिल गर्न सकेको छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
