आर्मीले दिएको २८३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सुदूरपश्चिमले २९ ओभर ४ बलमा अलआउट हुँदै ११३ रन मात्र बनाउन सक्यो।
काठमाडौं– सुदूरपश्चिम प्रदेशमाथि १६९ रनको फराकिलो जित निकाल्दै विभागीय टोली त्रिभुवन आर्मीले राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न शुक्रबारको खेलमा आर्मीले सुदूरपश्चिमलाई फराकिलो अन्तरले पराजित गरेर दोस्रो खेलबाट पहिलो जित निकालेको हो। यसअघि पहिलो खेलमा आर्मीले अर्को विभागीय टोली एपीएफलाई ५६ रनको नतिजा सुम्पिएको थियो।
आर्मीले दिएको २८३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सुदूरपश्चिमले २९ ओभर ४ बलमा अलआउट हुँदै ११३ रन मात्र बनाउन सक्यो। सुदूरपश्चिमका लागि वसन्त खत्रीले सर्वाधिक २५ रन जोड्दा नारायण जोशीले १९ रन जोड्दा गजेन्द्र भण्डारीले १७ तथा टेक रावलले १५ रन बनाए।
वसन्त कार्की १४ तथा मिलन बोहरा १२ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन्। सुदूरपश्चिमको इनिङलाई सस्तैमा समेट्ने क्रममा जितेन्द्र मुखियाले ३ विकेट लिए । विक्रम सोब र शादव खानले २/२ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ८ विकेट गुमाएर २८२ रन बनाएको थियो। आर्मीका लागि अर्जुन साउदले सर्वाधिक ७३ रनको अर्धशतकीय इनिङ खेले। अर्धशतकीय इनिङ खेलेका रोहित पौडेलले ५२ रन जोडे।
त्यस्तै, कुशल मल्लले ४३ रन जोड्दा भीम सार्कीले ३४ तथा कप्तान विनोद भण्डारीले २८ रन बनाए। विक्रम सोब १५ रनमा अविजित रहदा सोनु तामाङ १६ रनमा आउट भए। सुदूरपश्चिमका हेमन्त धामी, नारायण जोशी र गजेन्द्र बोहराले २/२ विकेट लिए।
यो जितसँगै आर्मीले २ खेलमा २ अंक जोडेको छ। आर्मी तेस्रो स्थानमा उक्लिएको छ। उता, लगातार तेस्रो हार व्यहोरेको सुदूरपश्चिम पुछारमा छ भने सुदूरपश्चिम प्रतियोगिताबाट समेत बाहिरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
