अस्ट्रेलियाले दिएको १६९ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १६४ रन मात्र बनाउन सक्यो।
काठमाडौं– आयोजक अस्ट्रेलियाले आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेटमा रोमाञ्चक जित निकालेको छ। शुक्रबार भएको खेलमा अस्ट्रेलियाले अफगानिस्तानलाई ४ रनले हराएको हो।
अस्ट्रेलियाले दिएको १६९ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १६४ रन मात्र बनाउन सक्यो।
अफगानिस्तानका लागि तल्लोक्रमका राशिद खानले अविजित रहँदै ४८ रन बनाए। उनले २३ बलमा ३ चौका र ४ छक्का प्रहार गरेका थिए।
यता, गुल्बादिन नाइबले २३ बलमा ३ चौका र २ छक्कासहित ३९ रन जोडे। रहमानउल्लाह गुरुबाजले ३०, इब्राहिम जाड्रनले २६ र डार्विस रसोलले १५ रन बनाए।
अस्ट्रेलियाका जोश हाजलउड र एडम जाम्पाले २/२ विकेट लिए।
त्यसअघि एडिलेटमा पहिलो ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले २० ओभरमा ८ विकेट गुमाएर १६८ रन जोडेको थियो।
अस्ट्रेलियाका लागि ग्लेन म्याक्स्वेलले अविजित रहँदै ५४ रनको अर्धशतकीय इनिङ्स खेले। उनले ३२ बलमा ६ चौका र २ छक्का प्रहार गरे।
यता, मिचेल मार्शले ३० बलमा ३ चौका र २ छक्कासहित ४५ रन जोडे। मार्कुस स्टोईनिस र डेभिड वार्नरले समान २५/२५ रन बनाए।
अफगानिस्तानका लागि नभिन उल हकले ४ ओभर बलिङ गर्दै २१ रन दिएर ३ विकेट लिए। फजलहक फारुकीले २ विकेट लिए।
सुपर १२ को समूह ‘ए’ बाट न्युजिल्यान्ड सेमिफाइनलमा पुगिसकेको छ। न्युजिल्यान्डले शुक्रबार सम्पन्न खेलमा आयरल्यान्डलाई ३५ रनले हराएको थियो। न्युजिल्यान्डको ५ खेलमा ७ अंक छ। अब शनिबार इङ्ग्ल्यान्डले श्रीलंकासँग खेल्नेछ। उक्त खेलमा इङ्ग्ल्यान्ड विजयी हुँदा अस्ट्रेलिया विश्वकपबाट स्वतः बाहिरिने छ।
इङ्ग्ल्यान्ड पराजित भएमा भने अस्ट्रेलिया सेमिफाइनलमा पुग्ने छ। अस्ट्रेलिया ५ खेलमा ७ अंकका साथ दोस्रो स्थानमा छ। तर, अस्ट्रेलियाको नेटरनरेट माइनस ०.१७३ छ।
इङ्ग्ल्यान्डको ४ खेला ५ अंक छ। इङ्ग्ल्यान्डको नेटरनरेट प्लस ०.४५७ छ। यो अवस्थामा इङ्ग्ल्यान्डले जिते सेमिफाइनलमा पुग्न पर्याप्त बन्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
