पुस्तकमा वांमय शताब्दी पुरुष स्व. सत्यमोहन जोशीबारे लेख, सम्पादकीय, अन्तर्वार्ता, परिशिष्टाङ्क, समाचार र कविता समेटिएका छन्।
काठमाडौँ– वांमय शताब्दी पुरुष स्व. सत्यमोहन जोशीको व्यक्तित्व, कृतित्व र योगदानको संगालो ‘शब्द विम्बमा सत्यमोहन’ नामक कृति सार्वजनिक गरिएको छ।
शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार भैरव रिसालसहित लेखक एवं साहित्यकारले उक्त पुस्तक लोकार्पण गरेका हुन्। पत्रकार गोपीकृष्ण ढुंगानाद्वारा सम्पादित पुस्तकमा लेख, सम्पादकीय, अन्तर्वार्ता, परिशिष्टाङ्क, समाचार र कविता समेटिएका छन्।
पुस्तकमा जोशीका केही मुख्य कृति र तस्वीर पनि समावेश गरिएका छन्। वरिष्ठ पत्रकार रिसालले विलक्षण प्रतिभाशाली जोशी नेपाली समाजले श्रद्धा र सम्मान गरेको अपवाद व्यक्तिका रूपमा रहेको बताए।
पत्रकार श्रीओम रोदनले लवाइखुवाई र हिँडाइसहित सबैले सिक्नुपर्ने सादगी जीवनशैली व्यतित गरेका संस्कृतिविद् जोशी जीवित सङ्ग्रहालय र सम्पदाका रूपमा सबैको प्रेरक बन्न सफल भएको धारणा राखे। समालोचक प्रा.डा. ज्ञानु पाण्डेले संस्कृतिविद् जोशीले साहित्य, कला, दर्शन, पुरातत्वका क्षेत्रमा पुर्याएको योगदानको विभिन्न पाटो र पक्षबाट विश्लेषण गरेका थिए।
पुस्तकका सम्पादक ढुंगानाले संघर्षले सत्यमोहनलाई र सत्यमोहनले सबैलाई सिकाएको संघर्षको चर्चा गर्दै जोशी जिउँदो मानव सम्पदा भएको बताए। पुस्तक प्रकाशक केशवप्रसाद पराजुलीले राणाकालदेखि गणतन्त्रसम्म सबैबाट उत्तिकै श्रद्धाभाव प्राप्त गरेका जोशी नेपालीका प्रेरक र पुजनीय भएको टिप्पणी गरे।
आठ खण्डमा विभाजित पुस्तकमा लेख र आलेख ३२, सम्पादकीय खण्डमा सात, तीन अन्तर्वार्ता, परिशिष्टांक १७, समाचार १२ र कवितामा तीन सिर्जना समावेश छन्। ४०८ पृष्ठको उक्त कृतिको मूल्य ५९० रुपैयाँ छ।
संस्कृतिविद् जोशीको २०७९ असोज ३ गते १०३ वर्षको उमेरमा निधन भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
