उच्च तापक्रम र हावाको बदलिँदो दिशाका कारण डढेलो नियन्त्रणमा लिन कठिन भए पनि ३१६ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।
उत्तरपूर्वी काजकिस्तानको जंगलमा लागेको डढेलोमा परी १४ जनाको मृत्यु भएको छ। आपतकालीन व्यवस्था मन्त्रालयका अनुसार चारदिनदेखि फैलिएको डढेलो अझै नियन्त्रणमा आएको छैन।
“१४ जनाको शव फेला परेको छ। डढेलोका कारण एक लाख ४८ हजार हेक्टर जंगल जलिसकेको छ। फसेका वन सुरक्षाका लागि खटिएका अधिकारीहरूको खोजी भइरहेको छ,” मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
उच्च तापक्रम र हावाको बदलिँदो दिशाका कारण प्रतिकार्यमा बाधा पुर्याए पनि ३१६ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। स्थिति नियन्त्रणमा रहेको र घरहरू सुरक्षित रहेको मन्त्रालयले जनाएको छ। यसैबीच राष्ट्रपति कासिम जोमार्ट तोकायेभले आपतकालीन व्यवस्थामन्त्री युरी इलिनलाई बर्खास्त गरेका छन्।
डढेलो निभाउने प्रयासमा एक हजारभन्दा बढी मानिस सहभागी भएका छन्। जसमध्ये अधिकांश रक्षा र आपतकालीन व्यवस्था मन्त्रालयका रहेका छन्। बिहीबार चट्याङ लागेर आगलागी शुरू भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै एएफपीले जनाएको छ।
घटनापछि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले तोकायेभलाई एक सन्देश लेख्दै समवेदना प्रकट गरेका छन्। मुलुकका नेताहरूले पनि घटनाप्रति दुःख व्यक्त गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
