पुस्तकमा सत्ता र शक्ति प्राप्तिका लागि प्रमुख दलका शीर्ष नेताले मूल्य–मान्यता संविधानविपरित चालेका कदमद्वारा निर्मित नेपाली राजनीतिको अन्तरकथा खोतल्ने प्रयास गरिएको छ।
काठमाडौँ– पत्रकार नेत्र पन्थीको लेफ्ट–राइट: सत्ता र शक्तिको ‘अ’राजनीति पुस्तकको आइतबार डिजिटल विमोचन भएको छ।
पुस्तक सोमबारदेखि बजारमा उपलब्ध हुने प्रकाशक साङ्ग्रिला मिडिया ग्रुपले जनाएको छ। केही दिनअघि पुस्तकको कभर सार्वजनिक गर्दै अग्रिम बुकिङ खुला गरिएको थियो।
पुस्तकमा सत्ता र शक्ति प्राप्तिका लागि प्रमुख दलका शीर्ष नेताहरूले मूल्य–मान्यता एवं विधान र संविधानबाहिर चालेका कदम साथै नैतिक र अनैतिकको लक्ष्मणरेखा मेटिएको नेपाली राजनीतिको अन्तरकथा खोतल्ने प्रयास गरिएको छ।
कहिले दायाँ र कहिले बायाँतिर मोडिने नेपाली राजनीतिक नेतृत्वको दुर्भाग्यपूर्ण कटु सत्य उजागरको प्रयास लेखकले गरेका छन्। पछिल्लो निर्वाचनपछि भएका सत्ता समीकरणका नाटकीय घटनाक्रम र यसका लागि पर्दा पछाडि भएका गुप्त भेट र सम्झौताहरूको पनि पुस्तकले उजागर गरेको छ।
लेखक पन्थीका अनुसार पुस्तकमा शक्ति र सत्ताका लागि भएका दाउपेच र धोकै–धोकाका कथा पनि छन्। पद प्राप्तिका प्रमुख दलका शीर्ष नेताले नीति, नियम, नैतिकता, मूल्य–मान्यता, सिद्धान्त, सवाल, व्यवस्था, विधि–विधान, संविधान र प्रावधान सबैको नजरअन्दाज गर्ने गरेका कैयौँ उदाहरण र सन्दर्भ पुस्तकमा समेटिएको लेखक पन्थीको भनाइ छ।
६७० पृष्ठको पुस्तक ‘सफ्ट र हार्ड’ दुवै कभरमा उपलब्ध छ। पन्थीका यसअघि डिभोर्स: प्रचण्ड र बाबुरामको (२०७२), माओवादीभित्र अन्तरसंघर्ष (२०६९) तथा युद्धमा प्रेम र यौन (२०६६) नामक पुस्तक प्रकाशित छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
