सरकारसँग देश बनाउने भिजन छैन : केपी ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारसँग देश बनाउने भिजन नभएको बताएका छन्। उनले देशलाई बर्बाद हुन नदिने आगामी निर्वाचनबाट विकल्प खोज्नुपर्ने समेत बताए।

काठमाडौँ- नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारसँग देश बनाउने कुनै पनि किसिमको ‘मिसन’ र ‘भिजन’ नभएको दाबी गरेका छन्। 

अध्यक्ष ओलीले स्वार्थहरूको गठजोठबाट बनेको वर्तमान सरकारसँग देश बनाउने कुनै पनि किसिमको मिसन, भिजन र गन्तव्य नभएको भन्दै आगामी निर्वाचनपछि यस्तो सरकार बन्न दिन नहुने बताएका हुन्। 

प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनको शनिबार काठमाडौँमा उद्घाटन गर्दै उनले देशलाई बर्बादी हुन नदिन पनि आगामी निर्वाचनमा नेपाली जनताले सरकारको विकल्प खोज्नुपर्ने बताए।