मनसुनको प्रभाव: कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

बाढी, पहिरो तथा नदीको बहावका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ। 

काठमाडौँ– देशको पूर्वी तथा मध्य भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ।

बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायु तथा पश्चिम नेपालमा भारतको उत्तर प्रदेशमा रहेको निम्नचापीय क्षेत्रको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मधेश, लुम्बिनी, सुदूरपश्चिम, कोशी र बागमती प्रदेशमा सामान्य बदली रहेको छ। साथै, देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

महाशाखाका अनुसार कोशी प्रदेशका पहाडी भूभागमा भारी वर्षाको पनि सम्भावना छ। राति कोशीसहित बागमती र गण्डकी  प्रदेशमा भारी वर्षा हुनेछ।

देशका विभिन्न स्थानमा चट्याङसहित वर्षा हुने भएकाले बाढी, पहिरो तथा नदीको बहावका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।