कस्तो छ शुक्रबारको मौसम?

कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

काठमाडौँ– देशको पूर्वी तथा मध्य भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ।

बाँकी भूभागमा  उत्तर प्रदेश आसपास रहेको न्युनचापिय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ। दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ। भारी वर्षाका कारण सडक तथा हवाई यातायात, कृषि, पर्यटनलगायत क्षेत्र प्रभावित हुने सम्भावना छ।

बाढी, पहिरो, डुबानबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।