मनसुनको समयमा बाढीपहिरो, डुबान, भूक्षय, बाटो हिलाम्य हुने, तथा गेग्रानका कारण सडक तथा हवाई यातायात, कृषि, पर्यटन, स्वास्थ्यलगायत क्षेत्र प्रभावित हुने सम्भावना छ।
काठमाडौँ– मनसुनी प्रणाली नेपालभर फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपालमा यस वर्षको मनसुन औसतभन्दा एक दिन ढिला गरी गत जेठ ३१ गते भित्रिएको मनसुन देशभर फैलिन नौ दिन लागेको छ।
मनसुन सक्रिय भएसँगै देशभर सामान्यदेखि पूर्णतया बदली रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ। दिउँसो पनि देशभर सामान्य बदली रहने महाशाखाको भनाइ छ।
गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना छ। यस्तै, राति देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुनेछ। मनसुनको समयमा बाढीपहिरो, डुबान, भूक्षय, बाटो हिलाम्य हुने, तथा गेग्रानजस्ता प्रभावले सडक तथा हवाई यातायात, कृषि, पर्यटन, स्वास्थ्यलगायत क्षेत्र प्रभावित हुने सम्भावना छ।
खराब मौसमका कारणले हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
