मौसम पूर्वानुमान: कुन–कुन प्रदेशमा छ भारी वर्षाको सम्भावना?

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभागमा हावाहुरीसमेत चल्ने महाशाखाले जनाएको छ।

काठमाडौँ– देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी, बागमती र कर्णाली प्रदेशका विभिन्न स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली  तथा बाँकी प्रदेशका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

कोशी र बागमती  प्रदेशमा दुई स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा हावाहुरीसमेत चल्ने सम्भावना छ।

राति भने कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना छ। वर्षा, चट्याङ र हावाहुरीका कारण सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटनलगायत क्षेत्र प्रभावित हुनेछ।

यसबाट हुनसक्ने जोखिम तथा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।