सजिलो र छिटोका लागि बालबालिकालाई मोबाइल देखाएर खानेकुरा नखुवाउन आमाबुबा तथा अभिभावकलाई मन्त्रालयले आग्रह गरेको छ।
काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिकामा मोबाइलको प्रयोगले सर्वांगीण विकासमा असर पार्ने जनाएको छ।
मस्तिष्क विकास हुने अधिकतम उमेरमा मोबाइलको लत लागेमा बालबालिकाको सर्वांगीण विकासमा नै असर पुग्ने मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले बताए।
बालबालिकाले मोबाइल फोन चलाउँदा निद्रा ढिलो लाग्ने, निद्रा पातलो हुने र निद्राबाट पटकपटक ब्युँझिने समस्या देखिन सक्नेजस्ता समस्या हुनेमा जोड दिँदै उनले बालबालिकालाई मोबाइल फोनसँग टाढा राख्न अभिभावकलाई अनुरोध गरे।
बालबालिकाका आमा र बुबा तथा अभिभावकलाई आफ्नो सजिलो र छिटोका लागि बालबालिकालाई मोबाइल देखाएर खानेकुरा नखुवाउनसमेत आग्रह गरिएको छ।
“मोबाइल देखाएर बालबालिकालाई खाना खुवाउनाले बालबालिकाले आफूले के कुरा खाइरहेको छु, कस्तो खानेकुरा खाइरहेको छु भनेर थाहा नपाउने हुँदा पोषणसम्बन्धी समस्या र पाचन प्रणालीमा समस्यासमेत देखिन सक्छ,” अधिकारीले भने, “खाना खुवाउँदा अभिभावकले बालबालिकासँग कुराकानी गरेर डुलेर, गीत गाएर वा उनीहरूको हाउभाउमा प्रतिक्रिया दिँदै खुवाउनुपर्छ।”
यसैगरी मोबाइलमा लत लागेका बालबालिकामा एकोहोरो हुने, रिसाउने, झर्किने, रुने, दोहोरो कुरा नगर्नेजस्ता समस्या देखिन सक्ने बताइएको छ।
यस्तै बच्चा ठूलो भएपछि झन् खान नमान्ने वा राम्ररी नचपाई खानेकुरा छिटो निल्ने समस्या बढ्नाका साथै सुत्नुभन्दा अगाडि मोबाइल हेरेका बालबालिकामा स्क्रिनबाट आउने उज्यालोले निद्रा लाग्ने हर्मोन उत्सर्जनमा समस्या हुने मन्त्रालयले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
