भारत र कुवेत १०/१० खेलाडीमा समेटिएका थिए। एक अर्काविरुद्ध विवादमा उत्रिएपछि रेफ्रीले भारतका रहिम अली र कुवेतका हामद अल कल्लाफलाई रातो कार्ड दिएका थिए।
काठमाडौँ– आमन्त्रित टोली कुवेत साफ च्याम्पियनसिपअन्तर्गत समूह ‘ए’को विजेता बनेको छ। बैंग्लोरस्थित कन्तिरभा स्टेडियममा मंगलबार सम्पन्न समूहको अन्तिम खेलमा कुवेतले आयोजक भारतलाई १–१ गोलमा रोकेको हो।
जितसँगै कुवेतले अपराजित रहँदै तीन खेलमा ७ अंक जोड्यो। यता, भारतले पनि समान खेलमा ७ अंक नै जोड्यो। भारतका कप्तान सुनिल क्षेत्रीले शुरूआती अग्रता दिलाएका थिए। पहिलो हाफको थप गरिएको दोस्रो मिनेटमा उनले टोलीका लागि गोल गरेका थिए। जारी साफमा उनको यो पाँचौँ गोल हो। अन्तर्राष्ट्रियतर्फ भने उनको यो ९२औँ गोल हो।
पहिलो हाफमा १ गोलको अग्रता लिएको भारतले दोस्रो हाफसम्म त्यसलाई कायम राख्न सकेन। दोस्रो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा कुवेत खेलमा फर्किए। भारतका डिफेन्डर अन्वर अलीले आत्मघाती गोल गर्न पुगे।
त्यसअघि भारत र कुवेत १०/१० खेलाडीमा समेटिएका थिए। एक अर्काविरुद्ध विवादमा उत्रिएपछि रेफ्रीले भारतका रहिम अली र कुवेतका हामद अल कल्लाफलाई रातो कार्ड दिएका थिए।
समूह ‘ए’ मा रहेको भारत पाकिस्तानलाई ४–० र नेपाललाई २–० गोल अन्तरले पराजित गरेको थियो। कुवेतले नेपाललाई ३–१ र पाकिस्तानलाई ४–० गोल अन्तरले पराजित गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
