कस्तो छ बुधबारको मौसम?

मधेशसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा हावाहुरीसहित वर्षा हुने महाशाखाले जनाएको छ।

काठमाडौँ– हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ।

देशभर आंशिकदेखि सामान्य बदली  रही कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

मधेश प्रदेशसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा हावाहुरीसमेत चल्ने महाशाखाको भनाइ छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा राति पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनेछ।

वर्षा र हावाहुरीका कारण हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटनलगायत क्षेत्र प्रभावित हुने सम्भावना छ। जसबाट हुने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।