गण्डकी, लुम्बिनी र कर्णालीमा भारी वर्षाको सम्भावना

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागमा हावाहुरीसमेत चल्ने महाशाखाले जनाएकाे छ।

काठमाडौँ– हाल देशमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा भने भारी वर्षा हुने महाशाखाले जनाएको छ। यस्तै, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागमा हावाहुरीसमेत चल्ने सम्भावना छ।

यसले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटनलगायत क्षेत्र प्रभावित हुनसक्ने सम्भावना छ।

यसबाट हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।