अन्नको भण्डार मानिएको मधेश प्रदेशका जिल्लामा यस वर्ष समयमा धान रोपाइँ हुन सकेको छैन। समयमा वर्षा नहुँदा र सिँचाइको पनि सुविधा नहुँदा मधेशमा करिब ९० प्रतिशत खेतमा रोपाइँ भएको छैन।
जनकपुरधाम- असारको तेस्रो साता चल्दै गर्दा मधेश प्रदेशमा करिब नौ प्रतिशत खेतीयोग्य जमिनमा मात्र रोपाइँ हुन सकेको छ। समयमा पर्याप्त वर्षा नहुँदा र सिँचाइ अभावमा रोपाइँ हुन नसकेको हो।
समयमा वर्षा नहुदाँ ९० प्रतिशतभन्दा बढी खेत अझै बाँझो रहेको मधेश प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिझ धनुषाका निमित्त कमलदेव कुशवाहाले जानकारी दिए। अहिलेसम्म मधेशमा सबैभन्दा बढी सप्तरी र सिरहामा १५/१५ प्रतिशत र सबैभन्दा कम रौतहट, धनुषा, महोत्तरीमा पाँच/पाँच प्रतिशत जग्गामा रोपाइँ भएको निमित्त निर्देशक कुशवाहाले बताए।
लामो समयदेखि वर्षा नहुँदा वैकल्पिक सिँचाइको प्रबन्ध मिलाएरै भए पनि किसान धान रोपाइँ गरिरहेको उनको भनाइ छ। उनका अनुसार सप्तरी र सिरहामा १५/१५ प्रतिशत, सर्लाहीमा १२ प्रतिशत, बारामा १० प्रतिशत, पर्सामा ६ प्रतिशत मात्र रोपाइँ भएको छ।
समयमा वर्षा नहुनु, ढिलो गरी धानको बेर्ना तयार हुनु रोपाइँ ढिला हुनुको कारण भएको कुशवाहा बताउँछन्। ढिला गरी रोपाइँ गर्ने प्रवृत्तिलगायतका कारण पनि समयमा किसानले धान नरोपेको उनको भनाइ छ।
लामो समयदेखि वर्षा नभएपछि अहिले किसान पानी तान्ने मोटर तथा अन्य वैकल्पिक सिँचाइको व्यवस्था मिलाएर रोपाइँ गरिरहेका छन्। अधिकांश किसान भने अझै आकाशे पानीको प्रतीक्षामा छन्।
“पान्नी तान्ने मोटर लगाएरै करिब पाँच कठ्ठा जग्गामा धान रोपाइँ गरे,” पर्साको बहुदरमाई नगरपालिका–५ का किसान नवलकिशोर साहले भने, “वर्षा ठयाप्पै रोकिएपछि अहिले एकातिर धान रोपाइँ गर्न पाएका छैनौँ, अर्कोतिर रोपिएको धानसमेत सुक्न थालेको छ।”
अझै केही दिन पानी नपरे ठूलो खडेरीको मार खेप्नुपर्ने उनले बताए। सिँचाइबाहेक मलखाद्य र कृषि मजदुरको आभावमा पनि बर्सेनि धानखेती प्रभावित हुँदै आएको छ। मधेश प्रदेशका जिल्लामा बर्सेनि भदैया, चैते र वर्षे गरी तीन किसिमका धान उत्पादन हुँदै आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
