राष्ट्रियसभा सदस्य खिमलाल देवकाटाले वित्तीय र भौतिक संरचनाको अभावले पनि तत्काल नयाँ नेपाल विश्वविद्यालय खोल्न उपयुक्त नदेखिएको बताए।
काठमाडौँ– राष्ट्रियसभाका सांसद खिमलाल देवकोटाले नेपालमा थप विश्वविद्यालय आवश्यक नरहेको बताएका छन्। सोमबार राष्ट्रियसभा बैठकमा ‘नेपाल विश्वविद्यालय विधेयक–२०७९’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्।
सांसद देवकोटाले शिक्षा मन्त्रालय, नेपाल सरकारको थिंकटयांकका रूपमा रहेको नेपाल नीति अनुसन्धान प्रतिष्ठानको हालै सार्वजनिक भएको प्रतिवेदनमा पनि नेपालमा थप विश्वविद्यालय आवश्यक नभएको उल्लेख गरिएकोतर्फ ध्यानाकर्षण गराए। उनले शिक्षा मन्त्रालय आफैँले गरेको अध्ययनका क्रममा पनि अहिले नयाँ विश्वविद्यालय आवश्यक नभएको निष्कर्ष निकालेको बताए।
“मैले विशेष गरी विश्वविद्यालय अनुदान आयोग र शिक्षा मन्त्रालयमा सहसचिवसहित संयुक्त रूपमा गरेको अध्ययनले यो विश्वविद्यालय आवश्यक छैन, जरुरी छैन। आवश्यक पूर्वाधार पनि पुगेको छैन। र, यो विश्वविद्यालयका लागि अहिलेसम्म एक धुर, एक आना पनि जग्गा छैन। भौतिक, वित्तीय कुनै पनि व्यवस्था छैन। त्यसैले यो अहिले आवश्यक छैन। जरुरी छैन भनेर शिक्षा मन्त्रालयकै एउटा प्रतिवेदन भनेको छ,” उनले भने।
सांसद देवकोटाले नयाँ शिक्षा नीति ल्याउन र सोको आधारमा मात्रै थप विश्वविद्यालय नेपालमा आवश्यक छ/छैन भन्ने निष्कर्षमा पुग्न सरकारलाई सचेत गराए। उनले प्लस टू पास गरेपछि विद्यार्थी धमाधम विदेश जाने, तर यहाँ विश्वविद्यालय खोल्ने कुरा परस्पर विरोधी भएकाले यसतर्फ सरकार गम्भीर बन्नुपर्ने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
