कस्तो छ शुक्रबारको मौसम?

कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने महाशाखाले जनाएको छ। 

काठमाडौँ– मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ।

कोशी, कर्णाली, गण्डकी र बागमती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम वूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती, गण्डकी, र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ।

यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने महाशाखाले जनाएको छ। तराई भूभागका केही स्थानमा हावाहुरीसमेत चल्ने सम्भावना छ। राति देशभर सामान्यदेखि पूर्ण बदली हुने सम्भावना छ।

महाशाखाका अनुसार कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुनेछ। यसले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटनलगायत क्षेत्रका साथै दैनिक जनजीवन समेत प्रभावित हुने सम्भावना छ।

भारी वर्षा, चट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।