शनिबार कहाँकहाँ हुँदैछ वर्षा?

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा भने मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने महाशाखाले जनाएको छ। 

काठमाडौँ– मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ।

कोशी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।  कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा भने मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने महाशाखाले जनाएको छ।

लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागमा हावाहुरीको पनि सम्भावना छ। राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ।

कर्णाली र सुदूरपश्चिममा केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने महाशाखाको अनुमान छ।