तराईमा हावाहुरी, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

कोशी, लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

काठमाडौँ– हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेकाले कोशी, लुम्बिनी र सुदूरपश्चिममा सामान्य र बाँकी प्रदेशमा आंशिक बदली रहेको छ।

कोशी, लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो  देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

महाशाखाका अनुसार कोशी, गण्डकी र सुदूरपश्चिममा राति पनि मेघगर्जन र चट्याङसहित भारी वर्षाको हुनेछ।