हरियाणाको राज्य सरकारले वर्षको १ लाख ८० हजारभन्दा कम आय भएका त्यहाँका ४५ देखि ६० वर्षका अविवाहितलाई भत्ता दिने निर्णय गरेको छ। उनीहरूले मासिक २ हजार ७५० रुपैयाँ पाउनेछन्।
भारतको हरियाणाका मुख्यमन्त्री मनोहरलाल खट्टरले ४५ देखि ६० वर्ष उमेर समूहका अविवाहितलाई भत्ता दिने घोषणा गरेका छन्। उनले वार्षिक १ लाख ८० हजारभन्दा कम आम्दानी हुनेलाई भत्ता दिने घोषणा गरेका हुन्।
उक्त समूहका व्यक्तिहरूले मासिक २ हजार ७५० रुपैयाँ पाउने छन्। हरियाणा सरकारले एकल पुरुष र महिलाका लागि पनि यस्तै योजना ल्याएको छ।
४० देखि ६० वर्ष उमेर समूहका एकल पुरुष वा महिलालाई पनि भत्ता दिने घोषणा भएको हो। यो भत्ता पाउन वार्षिक आम्दानी ३ लाख रुपैयाँभन्दा कम हुनुपर्छ। उनीहरूले पनि समान २ हजार ७५० रुपैयाँ पाउने छन्।
हरियाणा सरकारको यो योजनाबाट गरीबीको रेखामुनि रहेकाहरूले लाभ लिने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। त्यहाँका मुख्यमन्त्री खट्टरले भारतीय पत्रकारहरूसँग कुरा गर्दै यो योजनाबाट ७१ हजार मानिस लाभान्वित हुने र वार्षिक दुई अर्ब ४० करोड रुपैयाँ खर्च हुने बताएका छन्।
हरियाणा सरकारको परिवार पहिचान पत्र (पीपीपी) अनुसार त्यहाँ ४० देखि ६० वर्षका करिब ६५ हजार अविवाहित पुरुष र महिला छन्, जसको वार्षिक आय १ लाख ८० हजारभन्दा कम छ। त्यसैगरी, ४० देखि ६० वर्षका र ३ लाख रुपैयाँभन्दा कम आम्दानी हुने एकल पुरुष वा महिलाको संख्या ५ हजार ६८७ भएको पनि राज्य सरकारले जनाएको छ।
मुख्यमन्त्री खट्टरले उक्त मासिक आम्दानीबाट ती व्यक्तिले आफ्नो व्यक्तिगत आवश्यकता पूरा गर्न मद्दत मिल्ने बताएका छन्। “जसको आय एकदमै कम छ, उनीहरूलाई सम्मानजनक जीवन जिउन केही मद्दत मिल्नेछ, हामीले यही गरेका हौँ,” खट्टरले भनेका छन्।
उनका अनुसार ६० वर्ष उमेर पार भएपछि उनीहरूले वृद्धावस्थाको पेन्सन पाउने छन्। हरियाणाका मुख्यमन्त्रीको यस कदमलाई आगामी वर्ष हुने विधानसभा निर्वाचनसँग जोडेर पनि हेरिएको छ।
हरियाणामा लैंगिक अनुपात भारतका अन्य राज्यको तुलनामा निकै कमजोर मानिन्छ। यहाँका पुरुषले बिहेका लागि महिला पाउन मुस्किल हुँदा बिहार, बंगाल, असम, उत्तर प्रदेश तथा मध्ये प्रदेशसम्म पुगेर दुलही ल्याउने गरेको डीडब्लुले जनाएको छ। अन्य भारतीय सञ्चारमाध्यमलाई उधृत गर्दै डीडब्लुले जनाएअनुसार यसरी बिहे भएर हरियाणा आउने महिलाको संख्या करिब १ लाख ३५ हजार छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
