न्यूनचापीय रेखा नेपाल नजिक, देशभर वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। 

काठमाडौँ–  मनसुनी वायुको प्रभावले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिण तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ ९नेपाल नजिक० रहेको छ। 

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। यसैगरी, दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। 

सबै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। तर, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको हुनेछ। 

राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

मधेश, कोशी र लुम्बिनी प्रदेशका तराई भूभागमा हावाहुरीसमेत चल्ने सम्भावना छ।