‘लैंगिक समानतालाई बनाऔँ, अपरिहार्य रिवाजः सम्भावनाका ढोका खोल्न सुनौँ महिलाको आवाज’ भन्ने नाराका साथ नेपालसहित विश्वभर जनसंख्या दिवस मनाइँदै छ।
काठमाडौँ– स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले जनसंख्या वृद्धिदर र प्रजननदर कम हुनुले तत्कालका लागि सकारात्मक भए पनि दीर्घकालीन अवस्थाका निम्ति जोखिम हुनसक्ने बताएका छन्।
विश्व जनसंख्या दिवसका अवसरमा मंगलबार शुभकामना दिँदै उनले जनसंख्याको विद्यमान अवस्था हेर्दा समाज परिवर्तित स्वरूपमा गइरहेकोसमेत बताए। “जनसंख्याको असन्तुलित अवस्था हेर्दा पहाडी क्षेत्रमा अनुकूल वातावरण र विकासका अवसर सिर्जना गरी अव्यवस्थित बसाइँसराइको प्रक्रियालाई रोक्न आवश्यक भइरहेको छ,” उनले भने।
स्वास्थ्य, शिक्षा र पूर्वाधारका क्षेत्रमा उल्लेख्य सुधार भएता पनि सहरी तथा सुविधासम्पन्न स्थानमा जनसंख्याको बढ्दो चाप, वृद्धिदरमा देखिएको कमी, ठूलो हिस्सा रहेको आर्थिक रूपले सक्रिय जनसंख्याको उचित परिचालन, लैंगिक विभेद तथा सामाजिक कुरीति व्यवस्थापन गर्न थप कदम चाल्नुपर्ने देखिएको उनको भनाइ छ।
दिगो विकास लक्ष्यले परिकल्पना गरेअनुसार प्रगति हासिल गर्ने गम्भीरतापूर्वक भौगोलिक, क्षेत्रगत र लैङ्गिक असमानता घटाउने गरी कार्यक्रम अन्तरनिकाय र तीनै तहका सरकारबीच दृढ संकल्पसहितको समन्वय र सहकार्य हुनुपर्नेमा मन्त्री बस्नेतको जोड छ।
जन्म, मृत्युदर्ताजस्ता व्यक्तिगत घटना दर्ता प्रणाली प्रभावकारी बनाउने, ज्येष्ठ नागरिकलगायत विपन्न तथा आम नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने, लैंगिक हिंसा प्रभावितका लागि उपचार तथा परामर्श सेवा पुर्याउने र जनसंख्या व्यवस्थापनमा महत्त्वपूर्ण रहेका पक्षमा अध्ययन, अनुसन्धानका कार्यमार्फत नीतिगत सुधारका पहल निरन्तर भइरहेको सन्देशमा उल्लेख गरेका छन्।
नेपालसहित विश्वभर नै ‘लैंगिक समानतालाई बनाऔँ, अपरिहार्य रिवाजः सम्भावनाका ढोका खोल्न सुनौँ महिलाको आवाज’ भन्ने नाराका साथ जनसंख्या दिवस मनाइँदै छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
