कोशी र सुदूरपश्चिममा भारी वर्षा, तराईमा हावाहुरीको सम्भावना

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका ‍केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

काठमाडौँ– हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ।

मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिण तथा पूर्वतिर उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा सामान्य बदली रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका ‍केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ।

राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

मधेश र लुम्बिनी प्रदेशका तराई भूभागमा हावाहुरीसमेत चल्नेछ।