मैदानको सुरक्षामा बाधा पुर्याएको आरोपमा ती बालकलाई जरिवाना गरिएको स्टेडियम व्यवस्थापकले जनाएका छन्।
काठमाडौं– आईसीसी टी–२० विश्वकपअन्तर्गत आइतबार भारत र जिम्बाब्वेबीचको खेलका क्रममा मैदानभित्र छिरेका बालकले भारू साढे ६ लाख जरिवाना तिर्नुपर्ने भएको छ। दुवै टोलीको खेल चलिरहेका बेला ती बालक जबरजस्ती खेल मैदानभित्र छिरेका थिए।
भारती टिमका हार्दिक पाण्ड्याले बलिङ गरिरहेका बेला ती बालक मैदानमा छिरेर सिधै कप्तान रोहित शर्मालाई भेट्न पुगेका थिए। उनी रोइरहेका थिए।
सुरक्षा गार्डले उनलाई समात्दै तानेर मैदान बाहिर लैजान खोजेका थिए। त्यसपछि रोहितले सुरक्षा गार्डलाई सहज तरिकाले बाहिर लैजान आग्रह गरेका थिए। खेल केही समय रोकिएको थियो। मैदानभित्र पस्ने ती समर्थक को हुन्? अझै खुलिसकेको छैन। यस खेलमा भारतले जिम्बाब्वेलाई ७१ रनले पराजित गरेको थियो। यो जितसँगै भारत सेमिफाइनलमा प्रवेश गरेको छ।
क्रिकेट होस् या फुटबल, जुनसुकै खेलमा समर्थक मैदान पसेको घटनालाई सामान्य रूपमा लिइन्छ। यस्ता घटनामा मैदानभित्र छिरेका समर्थकलाई सुरक्षा गार्डले समातेर मैदानबाहिर ल्याउँछन्। तर, समर्थकलाई जरिवाना लगाउने घटना विरलै हुन्छन्।
अस्ट्रेलियामा यो घटना सामान्य भए पनि मेलबर्न क्रिकेट स्टेडियम व्यवस्थापनले पहिलो पटक सार्वजनिक रूपमै जरिवाना तोकेको छ। जरिवाना रकम मेलबर्न क्रिकेट स्टेडियमको ठूलो स्कोर बोर्डमा पनि देखाइएको थियो।
मैदानको सुरक्षामा बाधा पुर्याएको आरोपमा ती बालकलाई जरिवाना गरिएको स्टेडियम व्यवस्थापकले जनाएका छन्। सामाजिक सञ्जालमा समर्थकले यो विषयमाथि प्रश्न उठाएका छन्। केही समर्थकले लेखेका छन्, "एक बालकले यति ठूलो जरिवाना कसरी तिर्ने?"
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले यस्ता घटनाको निगरानी गर्ने गरेको छ। बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई)का प्यानल अम्पायर राजीव रिसोडकरले ‘सुरक्षा ब्रेक’को अवस्थामा आयोजक मैदानलाई माइनस अंक दिइने बताए। लगातार तीनवटा यस्ता घटना भए त्यो मैदानलाई प्रतिबन्ध लगाइने छ।
अन्तर्राष्ट्रिय खेलका क्रममा यस्ता घटना हुन नहुने उनको भनाइ छ। उनका अनुसार यस्ता घटनाले सम्पूर्ण प्रतियोगिताको सुरक्षामाथि नै प्रश्न खडा गर्छ। भारतको इन्दौरको घटनालाई स्मरण गर्दै उनले भने, "मध्यप्रदेश क्रिकेट एसोशिएसन (एमपीसीए)ले पनि बीसीसीआईलाई जवाफ दिनुपरेको थियो।"
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
