भूभागका हिसाबले विश्वकै ठूलो र बढी जनसंख्या भएको एशिया महादेशका अधिकांश राष्ट्र अत्यधिक तापक्रम सहितको ‘हीटवेभ’ र भीषण बर्षाको घातक प्रभाव झेलिरहेका छन्।
दक्षिण कोरियामा जुलाई १५ मा भीषण बर्षासँगै आएको बाढीपहिरोका कारण ४० जनाको मृत्यु भएको थियो। केही मानिस अझै बेपत्ता छन्।
कोरियाली राष्ट्रपति युन सुक येओलले जलवायु संकटले निम्त्याएको चरम मौसमी परिवर्तनको असरलाई स्वीकार गर्दै यसको सामना गर्नुपर्ने बताएका छन्। कोरियामा जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने विद्यमान प्रावधान प्रभावकारी नभएको र यसबारे पुनर्विचार गर्नुपर्ने आवाज उठिरहेका छन्।
यसको तीन दिन नबित्दै दक्षिणी चीन र भियतनाममा शक्तिशाली ‘टाइफून’ आएको छ। यसले उक्त क्षेत्रमा बाढीको चेतावनी जारी गरिएको छ। सयौँ उडान र रेलहरू रद्द भएका छन्।
हजारौँलाई घरबारबाट विस्थापित गर्ने गरी आएको ‘तालिम’ नामक उक्त आँधी यसवर्ष रेकर्ड गरिएकोमध्ये चौथो ठूलो आँधी हो। चाइनाको मौसम विभागका अनुसार उक्त टाइफून सोमबार राति स्थानीय समयअनुसार १०:२० बजे प्रतिघण्टा १३६.८ किमी (८५ मिल प्रतिघण्टा) अधिकतम हावा बहने गरी गुआङडोङ प्रान्तको तटीय किनारमा पुगेको छ।
चीनको सिनजियाङमा हालसम्मकै उच्चतम तापक्रम (५२.२ डिग्री सेल्सियस) रेकर्ड भएलगत्तै तालिम आँधी आएको हो।
भूभागका हिसाबले विश्वकै ठूलो र बढी जनसंख्या भएको एशिया महादेशका अधिकांश राष्ट्र अत्यधिक तापक्रम सहितको ‘हीटवेभ’ र भीषण वर्षाको घातक प्रभाव झेलिरहेका छन्।
अहिले जापानका केही भागमा उच्च गर्मीको लहर आएको छ। जापानको सबैभन्दा ठूलो र धेरै जनसंख्या भएको होन्सु टापुको गुन्मा प्रिफेक्चरस्थित किर्यु शहरमा तापक्रम सोमबार बिहान ३९.७ डिग्री सेल्सियस पुगेको छ।
क्योटो र टोकियो शहर यसै टापुमा अवस्थित छन्। यसैगरी सैतामा प्रिफेक्चरमा रहेको हातोयामा शहरको तापक्रम ३९.६ डिग्री सेल्सियस पुगेको छ। जापानमा अहिले ‘हीटस्ट्रोक’का घटना, खासगरी २८५ जनसंख्या ओगटेका वृद्धमाझ बढ्दो क्रममा छन्।
पाकिस्तानमा गतवर्ष आएको विनाशकारी बाढीले एक हजार ७०० भन्दा बढी मानिसको ज्यान गएको थियो भने लाखौँलाई घरबारविहीन बनाएको थियो। आर्थिक संकटसँग जुधिरहेको पाकिस्तानमा अहिले पनि तापक्रम बढ्ने र अस्वाभाविक झरी पर्ने क्रम जारी छ।
प्राकृतिक विपद्को असर न्यूनीकरणका लागि पूर्वतयारी अपुग हुने नेपालमा मनसुन शुरू भएलगत्तै वर्षाले निम्त्याउने प्रकोप शुरू भइसकेको छ।
इन्टरनेशनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट ९ईसीमोड०ले सन् २०२३ का लागि औसत र औसतभन्दा कम मनसुनी वर्षाको प्रक्षेपण गरे पनि हिन्दकुश–हिमालय क्षेत्रमा विनाशकारी बाढीको जोखिम डरलाग्दो रूपमा उच्च रहेको बताएको छ।
नेपाल र उत्तरपूर्वी भारतमा भएका पछिल्ला घटनाले यसका सम्भावित परिणाम देखाएको छ। जलवायु परिवर्तनले वर्षाको ढाँचालाई परिवर्तित गर्दै अझै ‘तिव्र’ बनाएको छ जसले बाढी पहिरोको जोखिम बढाएको छ।
कोशी प्रदेशमा पछिल्लो महिना मात्रै दुई त्यस्ता घटना घटे जहाँ रातभरको वर्षाले ल्याएको बाढी र पहिरोको कारण पाँच जनाको मृत्यु हुँदा दर्जनौँ बेपत्ता भएका थिए। त्यसैगरी, उत्तरपूर्वी भारतको सिक्किममा आएको बाढीले पुलहरू र प्रमुख राजमार्ग बगाएर स्थानीयलाई विस्थापित गरेको थियो। विभिन्न समुदाय र पर्यटक प्रभावित भएका थिए।
गत हप्ता भारतको हिमाचल राज्यमा भारी वर्षाले गाउँ नै बगाएको थियो। सडकहरू नदीमा परिणत भएका थिए। अहिले पनि राजधानी नयाँँ दिल्लीलगायत विभिन्न स्थानमा बाढीपहिरो जाने क्रम जारी छ।
प्रत्येक वर्ष जुनदेखी सेप्टेम्बरसम्म रहने मनसुनी वायुले निम्त्याउने बाढी र पहिरोले भारत प्रभावित हुने गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
