दिउँसो पहाडी भूभागमा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको भनाइ छ।
काठमाडौँ– मनसुनी वायुको प्रभावका कारण देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ।
मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थान आसपास र पूर्वतिर सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो पहाडी भूभागमा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको भनाइ छ।
यस्तै, राति कर्णाली र सुदूरपश्चिममा सामान्यदेखि पूर्ण बदली रही बाँकी स्थानमा आंशिकदेखी सामान्य बदली रहनेछ। महाशाखाका अनुसार कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनीका थोरै स्थानमा हल्का वर्षा हुनेछ।
हावाहुरी, वर्षा, चट्याङ, गेग्रान बहाव, बाढीपहिरो तथा भूक्षयका कारण हुनसक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
