आर्थिक राजधानी मुम्बईका केही भाग र यसको आसपासका क्षेत्रहरूमा विगत केही दिनदेखि नै शैक्षिक संस्था बन्द गरिएका छन्।
लगातारको वर्षाका कारण भारतका विभिन्न राज्यमा विद्यालय र अन्य शैक्षिक संस्थाहरू बन्द गरिएको त्यहाँका स्थानीय सरकारहरूले बिहीबार घोषणा गरेका छन्।
दक्षिणी राज्य तेलङ्गाना, उत्तरी पहाडी राज्य हिमाचल प्रदेशका केही भाग र दक्षिणपश्चिम राज्य महाराष्ट्रका धेरै जिल्लाहरूमा विगत २४ घण्टादेखि भारी वर्षा भइरहेको छ र आगामी केही दिनसम्म पनि भारी देखि अति भारी वर्षा जारी रहने अनुमान गरिएको छ।
तेलङ्गाना सरकारले भारी वर्षाका कारण राज्यका सबै शैक्षिक संस्थाहरूमा बिहीबारदेखि दुई दिनका लागि बिदा दिने निर्णय गरेको राज्यका शिक्षामन्त्री सबिता रेड्डीले ट्विट गरेकी छन्।
तेलङ्गनाको राजधानी हैदरावादमा बिहीबार बिहान पानी जमेका कारण लामो ट्राफिक जाम भएको बताइएको छ।
यस्तै, लगातारको वर्षाका कारण आएको बाढी र पहिरोको जोखिमका कारण हिमाञ्चल प्रदेशका केही भागमा जुलाई २० देखि २२ सम्म सबै विद्यालय र शैक्षिक संस्थाहरू बन्द गरिएको छ।
विगत केही दिनदेखि आएको भीषण बाढीलाई ध्यानमा राख्दै महाराष्ट्र राज्यका विद्यालय र अन्य शैक्षिक संस्थाहरू बन्द गरेको हो। विशेष गरी राइगढ जिल्ला, आर्थिक राजधानी मुम्बईका केही भाग र यसको आसपासका क्षेत्रहरूमा विगत केही दिनदेखि नै शैक्षिक संस्था बन्द गरिएका छन्।
राइगढमा पहिरोमा परी कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै कैयौँ मानिस अझै फसेको आशंका गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
