पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

सोमबार दिउँसो देशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। राति गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ।

काठमाडौँ- सोमबार दिउँसो देशका पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली हुनेछ। पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

देशका अन्य भागमा भने फाट्टफुट्ट वर्षाको सम्भावना रहेको पनि जनाइएको छ।

सोमबार राति पनि देशभर सामान्यदेखि आंशिक बदली हुने महाशाखाले जनाएको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थान र बाँकी भागका एकदुई ठाउँमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ।