देशभर मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। 

काठमाडौँ– देशभरमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसको प्रभावले आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यसैगरी, कोशी, मधेश, लुम्बिनी, गण्डकी र सुदूरपश्चिमका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुनेछ। राति देशभर सामान्य बदली रहनेछ। सबै प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ।

कोशी, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षा हुने महाशाखाले जनाएको छ।