कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखले जनाएको छ।
काठमाडौँ– नेपालमा मनसुनी वायुका साथै बंगालको खाडीको उत्तरपश्चिम र आसपास रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।
मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जसका कारण कोशी , बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा हल्का वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिकदेखी सामान्य बदली रहनेछ।
महाशाखाका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।
कोशी, गण्डकी र सुदूरपश्चिममा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुनेछ। यसैबीच, राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।
कोशी, बागमती र लुम्बिनीका पहाडी भूभागमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
