अधिकांश मानिसको मृत्यु लापरबाहीका कारण डुबेर हुने गरेको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा सबैभन्दा धेरै घोराही उपमहानगरका छन्।
देउखुरी– दाङमा पछिल्लो पाँच वर्षमा २२८ जनाको डुबेर ज्यान गएको छ।
जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार १७४ जना पुरुष र ५४ महिलाको सो अवधिमा डुबेर मृत्यु भएको हो। मृत्यु हुनेमा सबैभन्दा धेरै घोराही उपमहानगरका छन्।
घोराहीका ७१, तुलसीपुरका ४५, लमहीका ३१, राप्तीका २२, गढवाका १६ जनाको मृत्यु भएको छ। यसैगरी बबईका नौ, दंगीशरणका आठ, शान्तिनगर र राजपुरका समान पाँच–पाँच, बंगलाचुलीका तीन तथा जिल्ला बाहिरका १६ व्यक्तिको डुबेर मृत्यु भएको छ।
जिल्ला विपद् व्यवस्थापन समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी सुशील वैद्यका अनुसार गुमाउनेमा २० वर्षमुनिका ८५ जना छन्। १३ महिनाकी शिशुदेखि ८० वर्षीय वृद्धसम्मका रहेका उनले बताए।
घोराही–९ की १३ महिनाकी शिशुको २०७८ फागुन २२ गते बाल्टिनको पानीमा डुबेर मृत्यु भएको थियो। बंगलाचुली–७ का ८० वर्षीय दयाराम बुढामगरको २०७९ असोज २१ गते खोला तर्ने क्रममा चिप्लेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय दाङले अधिकांशको लापरबाहीका कारण डुबेर भएका मृत्युमध्ये जनाएको छ। पानीसँग खेलबाड गर्दा बगाएर, पौडिन नजान्दा तथा भवितव्यका कारणसमेत कतिपय घटना भएको दाङका एसपी वीरबहादुर वलीले जानकारी दिए।
“केही घटना पानीमा हाम फालेर आत्महत्या गरेका पनि छन् तर अधिकांश डुबेर मरेका घटनाको अनुसन्धान गर्दा लापरबाहीका कारण भएको देखिएको छ,” उनले भने, “पानी र आगोसँग खेलबाड गर्नु हुँदैन भन्ने जान्दाजान्दै ज्यान गुमाएको अवस्था छ।”
जिल्लाको भौगोलिक अवस्था तथा वर्षामा सावधानी नअपनाउँदा पनि बगाएर वा डुबेर मृत्यु हुने गरेको डीएसपी राजनकुमार गौतमले बताए।
साथीभाइसँग लहैलहैमा लागेर खोला नदीमा गएर नुहाउन खोज्दा धेरैजसो युवाले पौडिन नजानेरै ज्यान गुमाएको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
