श्रीलंकामा प्रशिक्षण गरिरहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दिएको १९८ रनको लक्ष्य स्थानीय क्लब ब्लूमफिल्डले २४.३ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको थियो।
काठमाडौँ- श्रीलंकामा प्रशिक्षण गरिरहेको नेपाली राष्ट्रिय क्रिकेट टोली पहिलो अभ्यास खेलमा स्थानीय क्लब ब्लूमफिल्डसँग पराजित भएको छ। बुधबार सम्पन्न खेलमा नेपाल ६ विकेटले पराजित भएको हो।
नेपालले दिएको १९८ रनको लक्ष्य पछ्याएको ब्लूमफिल्डले २४.३ ओभरमा ४ विकेट गुमाउँदै २०० रन बनायो। ब्लूमफिल्डका हसिता बोयागोडाले सर्वाधिक ९० रन बनाए। उनले ५३ बलमा ७ चौका र ७ छक्का प्रहार गरे। अशान फर्नाल्डोले ५४ बलमा ६ चौका र २ छक्कासहित ५६ रन बनाए। ओपनर सानदुन विराकोडीले ३१ रन बनाए। नेपालका सूर्य तामाङ र प्रतिश जिशीले २/२ विकेट लिए।
त्यसअघि ब्लूमफिल्ड क्रिकेट क्लबमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले ४३.४ ओभरमा सबै विकेट गुमाउँदै १९७ रन बनाएको थियो। नेपालका ओपनर अर्जुन साउदले सर्वाधिक ७९ रन बनाए। उनले ११३ बलमा ४ चौका र ३ छक्का प्रहार गरे।
सन्दीप जोरा ३१, देव खनाल २२, प्रतिश जिशी १६ र सोमपाल कामी १० रनमा आउट भए। ब्लूमफिल्डका मन्डिला परेरा, निमेष थारूणा, असिथा वान्निनायके र दिनेश समराविक्रमाले २/२ विकेट लिए।
नेपालले एशिया कपको तयारीस्वरूप ब्लूमफिल्डसँग अभ्यास खेल खेलेको हो। नेपालले दोस्रो अभ्यास खेल तामिल युनियनसँग खेल्ने छ। खेल सारा ओभलमा शुक्रबार बिहान १० बजे शुरू हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
